गायिका अरुणा लामाको स्मृति दिवस मनाइँदै

Share:

काठमाण्डौैं । सुप्रसिद्ध नेपाली गायिका अरुणा लामाको आज (बुधबार) २२ औं स्मृति दिवस मनाइँदैछ । स्मृति दिवसको अवसरमा काठमाण्डौको राष्ट्रिय नाचघरमा विशेष कार्यक्रम हुँदैछ ।

सूर्यबहादुर लामा र सनमाया तामाङकी कान्छी छोरीकी रुपमा विसं २००२ भदौ २४ गते दार्जिलिङको घुम पहाडमा जन्मिएकी लामाको वि.सं २०५४ माघ २२ गते काठमाण्डौमा निधन भएको थियो ।

ए कान्छा मलाई सुनको तारा खसाइ देउन बोलको गीत अरुणा लामाले गाएको पहिलो गीत हो भने किन यौवन उदास छ मेरो भन्ने गीतबाट गीति यात्रा अघि बढेको थियो ।

उनका एक्लै बस्दा सधैँ मलाई, पोहोर साल खुशी फाट्दा, मनमा तिम्रो, हेर न हेर कान्छा, उडि जाउँ भने म पन्छी होइनलगायतका दर्जनौँ गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।

कमेन्ट गर्नुहोस्
Share: