ओलाङ्चुङ्गोला नाका बन्द

Share:

कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका बन्द पनि गराएको छ । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै चीनले नाका आवातजावत बन्द गराएको हो ।

यही माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७, ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए ।

सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: