वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

Share:

काठमाण्डौ। वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रन्सप्लान्ट सेन्टरमा बुधबार ७२ वर्षको उमेरमा उनको निधन भएको हो ।

नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक रहेका उनलाई गत बिहीबार मुटुसम्बन्धी समस्या भएपछि गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना गरिएको थियो ।  पछिल्लो समय उनको मृगौलामा समस्या देखिएको थियो भने पिसाबसम्बन्धी पनि समस्या रहेको थियो ।

नेपाल टेलिभिजनमा धेरै वर्षसम्म शर्माले प्रस्तुत गर्ने गरेको विश्व घट्ना निकै लोकप्रिय कार्यक्रममध्ये एक थियो। शर्माको जन्म इलाम जिल्लाको फिक्कलमा भएको थियो।

त्यसपछि मंगलबार राति मनमोहनमा भर्ना गरिएको थियो। उनका २ छाेरा र श्रीमती छन्। शर्मा पत्रकारितासम्बन्धी शिक्षक तथा प्रशिक्षकको रुपमा पनि निकै सक्रिय थिए।

कमेन्ट गर्नुहोस्
Share: