
काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल नेपालकाेे विकास निर्माणको सपना भएकाले यसको विकल्प नभएको बताएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको कार्यक्रममा निजगढ विमानस्थल निर्माणमा सरकारको अर्जुनदृष्टि रहेकाले कुनै हालतमा नरोकिने उनले बताए । अबको ५ वर्षमा विमानस्थलको काम सकेर व्यवसायिक उडान हुने उनको दावी छ।
अहिलेको सरकारको जोड पूर्वाधारमा रहेको भन्दै मन्त्री भट्टराईले हवाई, रेल, पानीजहाज आदिमा कनेक्टिभिटी बढाउने प्रधानमन्त्रीको चाहनाअनुसार आफूहरुले काम गरिरहेको बताए।
कमेन्ट गर्नुहोस्
