बेलायती राजदूत र प्रचण्डबिच भेटवार्ता

Share:

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि संयुक्त अधिराज्यका (बेलायत) कि नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

खुमलटारमा बिहीबार बिहान भएको भेटवार्तामा दुई देशबिचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । सो अवसरमा पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिएको उनको निजी सचिवालयले जनाएको छ ।

भेटमा बेलायती राजदूत पोलिटले आगामी दिनमा नेपालको विकासमा बेलायत सरकारको सहयोग जारी रहने बताइन् ।

कमेन्ट गर्नुहोस्
Share: