
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट तत्काल नेपालीलाई स्वदेश फर्काउन निर्देशन दिएका छन्। नोबल कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै बिहीबार बिहान उपप्रधानमन्त्री, मन्त्री र सचिवहरुलाई बालुवाटार बोलाएर विशेष बैठक राख्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
‘शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइनस्थल व्यवस्थित गर्नु र नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन ढिला नगर्नु’, प्रधानमन्त्री ओलीको मन्त्रीहरुलाई निर्देशन छ ।
सरकारले चीनमा रहेका विद्यार्थीहरुलाई नेपाल ल्याउन गत साताको मन्त्रिपरिषद् बैठकले निर्णय गरेपनि यहाँ राख्ने स्थानको पहिचानमा भएको ढिलाइले उनीहरुलाई ल्याउन सकेको छैन ।
कमेन्ट गर्नुहोस्
