मैत्रीपूर्ण खेलमा पोखरा भेट्रान्सद्वारा दुबाई मामुथ्स पराजित

Share:

पोखरा । पोखरा भेट्रान्स क्रिकेट टिमले पोखरा भ्रमणमा रहेको दुबाई मामुथ्सलाई मैत्रीपुर्ण खेलमा पराजित गरेको छ । बिहिबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा दुबाई मामुथ्सलाई पोखराले ५२ रनले हराएको हो ।

पोखरा क्रिकेट मैदानमा २५१ रनको लक्ष्री पछ्याएको दुबाईले २९.२ ओभरमा केबल १९८ रन गराउन सक्यो । दुबाईका लागि विशाल सिंहले ५० रनको अर्धशतकिय पारी खेलेपनी टोलिलाई जिताउन सकेनन् । संगीतले ४५ रन जोड्न सके । पोखराका लागि राजकुमार छन्त्यालले सर्वाधिक ३ विकेट हात पारे । प्रदिप राउतले २ विकेट लिंदा दिपेश खत्री, देबेन प्रजु, बबिन कुंवर, अर्जुन राज अधिकारी र दिपेन्द्र चन्दले १ विकेट आफ्नो नाममा लेखाए ।

यसघी टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाउँदै २५० रन गराएको थियो । पोखराका लागि दिपेश खत्रीले सर्वाधिक ८५ रन गराए । ८२ बल खेलेका खत्रीले ४ चौका र ४ छक्काको मद्दतमा ८५ रनको अर्धशतकिय पारी खेलेका हुन् । यस्तै रिजन प्रजुले ६१ रन गराँदा अर्जुन राज अधिकारिले ३५ रन गराएका थिए । दुबाईका लागि मुकुन्द सिंहले ३ विकेट लिएका थिए ।

खेलमा दिपेश खत्री म्यान अफ द म्याच हुन सके । अब पोखराले दुबाई मामुथ्ससङ्ग शुक्रबार खेल्ने छ ।

कमेन्ट गर्नुहोस्
Share: