कोरोना भाइसको बारेमा विश्वलाई जानकारी दिने चिकित्सकको मृत्यु, चीनमा ६३६ को ज्यान लियो, ३१ हजार भन्दा बढी संक्रमित

Share:

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको मृत्यु भएको छ। चिनियाँ चिकित्सक ली वेनलियान्गको बिहीबार चीनको वुहानमा मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

डब्लूएचओका अनुसार चिकित्सक ली वेनलियान्गको मृत्यु कोरोना भाइरसको संक्रमणको कारण भएको हो। कोरोना भाइरसबाट संक्रमित भएपछि डाक्टर ली वेनलियान्ग १२ जनवरीमा अस्पतालमा भर्ना भएका थिए। उनी एक संक्रमितको सम्पर्कमा आएपछि कोरोनाको चपेटामा परेका थिए। डब्ल्यूएचओले एक ट्वीट गर्दै उनको निधनमा निकै दुखी भएको पनि बताएको छ।

यो सँगै, कोराना भाइसका कारण मृत्यु हुनेको संख्या हालसम्म ६ स ३६ जना पुगेको छ । भने संक्रमितहरुको संख्या ३१ हजार १ सय १६ जना रहेका छन्।

चीनको स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार थप ३ हजार १ सय ४३ जनामा संक्रमण भेटिएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा ९ सय ६२ जना गम्भीर बिरामी छन् र बिहीबार मात्रै ३ सय ८७ जना उपचारपछि घर फर्किसकेका छन्। कोरोना भाइरसका कारण चीन बाहिर भने हङकङमा र फिलिपिन्समा एक / एक जनाको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: