पोखरामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

Share:

कास्की । पोखरामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका ३२ कोठेडाँडामा सात वर्षीय पुजा बिकको बिहीबार साँझ करिब ६ बजे चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

छिमेकीको घरबाट खेलेर अबेरसम्म घर नफर्किएपछि खोजिगर्ने क्रममा बाटो तल नजिकैको जङ्गलमा बालिकाको शव छेदविच्छेद अवस्थामा भेटिएको थियो ।

दीपक बिक र अप्सरा बिककी छोरी पुजा चन्द्र ज्योति स्कुलमा कक्षा तीनमा अध्ययनरत थिइन् । प्रहरी र स्थानीयले चितुवाको खोजी जारी राखे पनि फेला पार्न सकेका छैनन्।

यसअघि चितुवाको आक्रमणबाट तनहुँमा नौ बालबालिकाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: