अख्तियारलाई ओली आयोग बनाइयो- उपसभापति गच्छदार

Share:

काठमाण्डौ। नेपाली कांग्रेसका उपसभापती विजय कुमार गच्छदारले अख्तियार ओली आयोगमा रुपान्तरण भएको आरोप लगाएका छन्। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा आफु विरुद्ध अख्तियारले भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेपछि उनले यस्तो बताएका हुन्।

शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले अख्तियारलाई ओली आयोग बनाइएको बताए ।‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ओली आयोगका रुपमा रुपान्तरण भएको छ । ओलीको इच्छा र निर्देशन अनुसार अख्तियारले काम गरिरहेको छ । त्यसको शिकार अहिले म भएँ भोलि अरु पनि पर्न सक्छन्’ बैठकमा गच्छदारले भनेका थिए ।

यस्तै नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध कायमै गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: