अख्तियारको मूल गेटमा प्रदर्शन गर्न पुगेका साझा पार्टीका नेता–कार्यकर्ता पक्राउ

Share:

काठमाडाैं- साझा पार्टीका बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित एक दर्जन नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ललितानिवास जग्गा प्रकरणमा ठूला नेतालाई उन्मुक्ति दिएकाे भन्दै अख्तियारको मूल गेटमा प्रदर्शन गर्न पुगेका उनीहरु पक्राउ परेका हुन्।

साझाले आज ‘ठूला नेतालाई उन्मुक्तिकाे उपहार, यस्ताे किन अख्तियार’ लेखिएकाे ब्यानरसहित सिठी जुलुससहित विराेध प्रदर्शन गरेको थियो। ‘एक देश, दुई कानुन’ को विरोधमा पूर्वघोषित कार्यक्रमअनुसार साझा पार्टीले विरोध प्रदर्शन गरेको हो ।

आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि सो प्रकरणमा मुछिएका सत्तारुढ दलका नेताहरुलाई उन्मुक्ति दिइएको र उस्तै आरोप लागेका अन्यलाई मात्र विपक्षी बनाएर मुद्दा दायर गरिएको साझा पार्टीको आरोप छ ।

कमेन्ट गर्नुहोस्
Share: