के बार्सिलोना छाड्दै छन् त मेस्सी ?

Share:

एजेन्सी। बिगत केहि समयदेखि लियोनल मेस्सी र बार्सिलोनाबीचको सम्बन्ध खस्किएको बताइन्छ। मेस्सिले अघिल्लो सिजन बार्सिलोनाले नेयमारलाई नाभित्र्याउनु, लुइस स्वारेजको स्थानमा नयाँ स्ट्राइकर नल्याउनु जस्ता कुरामा चित्त दुखाएको बुजिएको छ।

क्लबका टेक्निकल म्यानेजर एरिक अबिडालले केहि दिन अघि चित्त दुखाइरहेका मेस्सि समेतलाई जोडेर खेलाडीले धेरै परिश्रम नगर्दा बार्सिलोना खस्केको अभिव्यक्ति दिएका थिए।

त्यसपश्चात मेस्सीले सामजिक संजाल इन्स्टाग्राममा त्यसको प्रतिउत्तर स्वरुप खेलाडीको नाम तोक्न चुनौती दिए। लियोनल मेस्सी तथा अबिडालका बीचमा भएको विवादका कारण मेस्सीले बार्सिलोना छाड्न सक्ने बताइएको छ ।

बार्सिलोनाका कप्तानमाथि केही ठूला क्लबहरुको नजर परेको बताइएको छ तर मेस्सीले आफैँले भने मे महिनाभन्दा अघि आफ्नो निर्णय सुनाउने बताएका छन् ।बार्सिलोनासँगको मेस्सीको सम्झौता २०२१ मा सकिँदैछ । यस्तैमा मेस्सीले आफ्नो लक्ष्य र योजनाका बारेमा बताएका छन् ।

‘पैसा मेरो लागि केही हैन । मेरो लागि सबैभन्दा ठूलो कुरा खेल जित्नु हो’, मेस्सीले भने । ‘यस परिस्थतिमा म केही बोल्न चाहन्न र मेरो बुबाले यस बारेमा क्लबसँग वार्ता गरिरहनु भएकाे छ । म अहिले केही बोल्न चाहन्न’, मेस्सीले भने ।

स्पेनिस सञ्चारमाध्यमका अनुसार पीएसजी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, युभेन्टस र इन्टर मिलान मेस्सीलाई अनुबन्धित गर्नका लागि इच्छुक देखिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: