
पोखरा। चीनमा कोरोना भाइरसको खतरा बढेसंगै नेपालले चीनलाई एक लाख प्रोटेक्टिभ मास्क सहयोग गरेको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई मास्क प्रदान गरेका हुन्।
बिहीबार बालुवाटारमा बसेको बैठकमा चीनलाई मास्क सहयोग गर्ने निर्णय भएको थियो। डिसेम्बर अन्तिम सातादेखि हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिएको भाइरसका कारण बिहीबारसम्म ६ सय ३० जनाको ज्यान गइसकेको छ।
कमेन्ट गर्नुहोस्
