सुदूरपश्चिमा लगातार दुईपटक भूकम्पको धक्का

Share:

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज(शनिबार) बिहानै लगातार दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ ।

पहिलो बिहान ५ बजेर १५ मिनेटमा र दोस्रो ६ बजेर ४६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहका अनुसार पहिलो भूकम्प बझाङ केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको र दोस्रो भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपास केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको गएको हो।

भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, अछामलगायतका जिल्लामा महसुस गरिएको छ। भूकम्पबाट कुनै क्षति भएको छैन।

कमेन्ट गर्नुहोस्
Share: