फेवा किनारको अन्नपूर्ण गार्डेन क्याफेमा आगलागी

Share:

पोखरा । फेवा किनार अवस्थित अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्जमा शुक्रवार दिउँसो आगलागी भएको छ । दिनको सवा १ बजेतिर लागेको आगो २ बजेतिर नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी यादव ढकालले बिगखबरलाई जानकारी दिए ।

किचनबाट आगलागी शुरू भएको बताइएको छ । गलागीबाट किचन, स्टोर लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । आगलागीको क्षतिको विवरण सञ्चालकले दिइनसकेको उनले जनाए । चल्तीको उक्त रेस्टुरेन्टमा सल्केको आगो दमकल, सुरक्षाकर्मीको सहयोगमा निभाइएको हो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहयोगमा समयमै नियन्त्रणमा आउँदा थप क्षति हुन पाएन । आगलागी हुनासाथ स्थानीयको सहयोगमा नियन्त्रणको प्रयास समेत भएको थियो । ट्रस्टको माथिल्लो भाग फोडेर पानी हालिएको थियो । चार जनाको संयुक्त लगानीमा रेष्टुरेण्ट सञ्चालनमा छ ।

कमेन्ट गर्नुहोस्
Share: