प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद चल्न दिनेमा शंका

Share:

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । गत शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको थियो ।

यसअघि बिहिवार पनि कांग्रेसले सदन अवरुद्ध पारेको थियो । कांग्रेसले आज पनि संसद चल्न दिनेमा भने शंका छ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पार्टीका उपसभापति विजय कुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले विरोधस्वरुप सदन अवरुद्ध पार्दै आएको छ ।

अख्तियारले सरकारको निर्देशनअनुसार आफ्ना नेताविरुद्ध मुद्दा दायर गरेको कांग्रेसको तर्क छ । पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई चोख्याएर मन्त्री गच्छदारलाई मात्रै मुद्दा चलाउने अख्तियारको निर्णयलाई कांग्रेसले गम्भिर रुपमा लिएको छ ।

अख्तियारले ललिता निवास जग्गा प्रकरणमा गच्छेदारसहित चार पूर्वमन्त्री र तीन पूर्व सचिवसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: