४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Share:

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोता ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँ छ । तेजाबी सुन अघिल्लो दिन ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घट्दा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: