देशभरको मौसम आज कस्तो रहला ?

Share:

काठमाडौँ । आज (सोमबार) देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावका कारण पहाडी भुभागको केही ठाउँमा भने सामान्य बादल लाग्ने तर पानी पर्ने सम्भावना नरहेको जनाइएको छ ।

सोमबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।

यस्तै राति देशका पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: