
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज (सोमबार) बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजेका लागि बोलाइएको बैठकमा १४औँ महाधिवेसनको तयारीका विषयमा छलफल हुन लागेको हो ।
बैठकमा नियमावली संसोधन र विधान परिमार्जनका विषयमा पनि छलफल हुने बताइएको छ । काँग्रेसले महाधिवेसन तयारीका लागि जिल्ला अधिवेसन गराउन विधान परिमार्जन गर्न लागेको हो ।
यस्तै बैठकमा ललिता निवास जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै अवरुद्ध संसद खुलाउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।
कांग्रेसले आगामी २०७७ साल फागुन ७ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ।
कमेन्ट गर्नुहोस्
