नेपालीलाई लिन फागुन ३ गते वाइड बडी विमान चीन जाने

Share:

काठमाडौं । कोरोना भाइरस फैलिएको चीनको वुहानबाट नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । सो जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।

परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयका अधिकारीहरु तथा एयरलाइन्सका प्रतिनिधिहरुसमेत रहने गरी समिति गठन गरिएको छ । चीनको वुहानमा करिब १८० जना नेपालीहरु रहेका छन् । उनीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ ।वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् ।

उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए । अन्य मुलुकहरुले भने वुहानबाट आफ्ना नागरिक फिर्ता लगिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: