
काठमाडौं । आज सुनको मूल्य यथावत रहेको छ । आइतबार प्रतितोला ७६ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज नबढेको हो ।
नेपाल सुनचाँदि व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लै दिनको कायम हुँदा तेजावी सुन पनि अघिल्लै दिनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयँमा किनबेच भइरहेको छ ।
चाँदीको मूल्य पनि प्रतितोला ८ सय ८० रुपैयाँमा यथावत छ । अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको थियो। तर, अहिले पुनः बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।
कमेन्ट गर्नुहोस्
