कोरोना भाइरस : ज्यान गुमाउनेको सङ्ख्या हजार नाघ्यो, ४२ हजारभन्दा बढी सङ्क्रमित

Share:

काठमाण्डौं । कोरोना भाइसरको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको छ । गएको २४ घण्टामा १०३ जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको हो ।

ज्यान गुमाउनेमध्ये एक हजार १४ जनाले चीनमा र २ जनाले चीनबाहिर ज्यान गुमाएका हुन् । यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको चीनको स्वास्थ्य विभागले जनाएको छ ।

भाइरसको सङ्क्रमण सुरु भएको चीनको वुहानमा मात्रै ९ सय ७४ जनाको ज्यान गएको छ भने ३१ हजार सात सय २८ जनामा सङ्क्रमण देखिएको छ । अहिले नेपालसहित अन्य २७ देशमा यो भाइरसको संक्रमण भेटिएको छ।

कमेन्ट गर्नुहोस्
Share: