सरकारले निजी क्षेत्रसँग केही माग्दैन, खाेजेको पनि छैन : प्रधानमन्त्री

Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महत्त्वपूर्ण व्यवसायिक व्यक्तित्व (सीआईपी) अवार्डबाट उद्योगी व्यवसायीलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले मुलुक तानाशाही व्यवस्थामा नरहेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारले व्यावसायिबाट पारदर्शिता, स्वच्छता मात्रै खाजेको बताए । ‘सरकारले निजी क्षेत्रसँग केही माग्दैन, खाेजेको पनि छैन,’ उनले भने, ‘तर, पारदर्शिता र स्वच्छता खोज्छ ।’ प्रधानमन्त्री ओलीले विस्तारै स्वच्छता र पारदर्शिता स्थापित गराएरै छाड्ने बताए ।

उनले कमिसन र भ्रष्टाचारलाई सहयोग नगर्न आग्रह गर्दै कमिसन दिनुपर्ने परिस्थिति सिर्जना गरिए र काममा अप्ठ्यारो पारिए आफूलाई भेट्न आग्रह गरे । व्यापार सहजीकरण गरिरहेको भन्दै उनले पाम आयल निर्यातमा देखिएको समस्या पनि समाधान भइसकेको बताए ।

उनले निजी क्षेत्रसँग सम्बन्धित कानुन निर्माणमा पनि सरकार लचिलो हुने बताए । उनले भने, ‘कानुनका मस्यौदा ल्याउनुहोस्, सरकार त्यसमा मिलाउन तयार छ ।’ प्रधानमन्त्री ओलीले सीआईपी अवार्ड पाएका उद्योगी व्यवसायीलाई सम्मानको ख्याल गर्न पनि आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: