
काठमाडौं । आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत नेपालले अमेरिकाविरुद्ध शानदार जित हात पारेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको ३६ रनको सामान्य लक्ष्य पछएको नेपालले ५ ओभर २ बलमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।
अमेरिकामाथिको सानदार जितसँगै सिरिजको ४ खेलमा नेपालले २ जित निकाल्न सफल भएको छ । ओमानसँग दुई खेलमा पराजित गरेको नेपालले अमेरिकालाई भने दुई खेलमा पराजित गरेको हो ।
पहिलो भेटमा अमेरिकालाई नेपालले ३५ रनले हराएको थियो । ओमानसँग भने नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । ओमानले चार खेल जितेर सिरिज क्लिन स्विप गरेको छ ।
