
काठमाडौं । बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुँयाल नियुक्त भएका छन्। उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेका हुन् ।
उनलाई आज ४ बजे शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। यसअघि संविधानसभा सदस्यसमेत रहेका फुँयाल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन्।
तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले बर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएका थियो।
बागमती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुँयाल मन्त्री बन्ने चर्चा निकै चलेको थियो।
कमेन्ट गर्नुहोस्
