नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवालीले सम्हाले पदभार

Share:

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवालीले पदभार सम्हालेका छन् । सर्वेन्द्र खनालले उमेर हदका कारण बुधबारबाट अनिवार्य अवकास पाएपछि सरकारले प्रहरी नायब महानिरीक्षक ज्ञवालीलाई महानिरीक्षक नियुक्त गरेको थियो ।

यसैबीच नवनियुक्त ज्ञवालीलाई बुधबारनै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा भएको कार्यक्रममा गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई चिह्न प्रदान गरेका हुन् । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

नवनियुक्त महानिरीक्षक ज्ञवालीले प्रहरी संगठनमा भएका चुनौती सामना गरेर अघि बढ्ने बताए । उनले संगठनप्रति देखिएको अविस्वासलाई हल गदै लैजाने र समायोजनको समस्या समाधानको प्रयास गर्ने प्रतिवद्धतासमत व्यक्त गरे ।

मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: