
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले १२ बुँदे समझदारीपूर्व तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूलाई अझै ठूला फौजी आक्रमण बढाइदिनु पर्यो भन्ने गरेको खुलासा गरेका छन् ।
उनले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक रहेको दाबी गरे । युद्धले ग्रसित धेरै मुलुकले शान्ति प्रक्रियामा आउन खोजे पनि उनीहरु सफल नभएको प्रचण्डको भनाई थियो ।
‘प्रचण्ड’ले तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको बताएका छन् । शान्ति प्रक्रियामा आउने भनेर सही समयमा, सही निर्णय गरिएको उनको भनाइ छ ।
नेकपा अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी र तत्कालीन एमालेबीच पार्टी एकता अचानक नभएको समेत बताए । सही नीति र नेतृत्व भएका कारण एकता सम्भव भएको बताउँदै उनले भने, ‘यो कसैको लहडमा भएको होइन ।’
