क्रिकेट टोलीको अन्तरिम प्रशिक्षकमा टमाटा नियुक्त

344
0
Share:

काठमाडौं । नेपाली क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी जगत टमाटाले पाएका छन् । उमेश पटवालले प्रशिक्षकको पदबाट आईसिसिमा राजीनामा बुझाएपछि पूर्व प्रशिक्षक समेत रहेका टमाटालाई अन्तरिम प्रशिक्षकको जिम्मेवारीको पद सुम्पिएको हो ।

भारतीय प्रशिक्षक पटवालले त्रिकोणात्मक सिरिजपछि विदा हुने गरी अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०मा राजीनामा बुझाइसकेका छन् । आईसीसी क्रिकेट वल्र्डकप लिग २ को त्रिकोणात्मक सिरिज अगाडि नै उनले राजीनामा बुझाएका थिए ।

नेपालले फागुन तेस्रो साता थाइल्याण्डमा एसीसी इस्टर्न रिजन टि२० क्रिकेट खेल्दैछ । त्यसैलाई मध्यनजर गर्दै क्यानले टमाटालाई जिम्मेवारी दिन लागेको हो ।

कमेन्ट गर्नुहोस्
Share: