
काठमाडौं । कुवेतमा निर्माणस्थलमा पुरिएर चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् भने अरु तीन जना पुरिएका छन् ।
कुवेतको अल–मत्लामा निर्माणस्थलमा काम गरिरहेको बेला बालुवा र ग्राभेलको पहिरो खस्दा उनीहरु पुरिएका ‘अरब टाइम्स’ ले जनाएको छ ।
बालुवा र गिट्टीको थुप्रोमा पुरिएका अन्य तीन जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । घाइते तीन जनाको जाहारा अस्पतालमा उपचार भइरहेको खबरमा उल्लेख छ ।
ज्यान गुमाएका र घाइते भएकाहरुको पहिचान भने खुलेको छैन ।
कमेन्ट गर्नुहोस्
