पप्पु कन्स्ट्रक्सनसहित ६ ठेकेदार कम्पनी कालोसूचीमा

986
0
Share:

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ६ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको उक्त कार्यालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै निर्माण क्षेत्रमा बदमानी कमाएको पप्पु कन्स्ट्रक्सनसहित ६ ठेकेदारलाई कालोसूचीमा राखेको हो।

कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुहरुमा पप्पु कन्स्ट्रक्सन सहित अशोक न्यासुरको रहेको निशा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबीकेसी निर्माण सेवा रहेका छन्।

पूर्वसांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सनलाई सबैभन्दा बढी ३ बर्षसम्मका लागि कालोसूचीमा राखिदिएको छ। पप्पुलाई कालोसूचीमा राख्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सिफारिस गरेको थियो। पप्पु बाहेकका बाँकी ठेकेदार कम्पनीहरुलाई पनि कार्यालयले एक–एक वर्षका लागि कालोसूचीमा राखिदिएको छ।

कालोसूचीमा राखिएको अवधिभर यी ठेकेदार कम्पनीहरुले सार्वजनिक निकायले अघि बढाउने कुनै पनि खरिद प्रकृयामा भाग लिन नपाउने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: