
काठमाडौं । शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् । निवर्तमान उपसभामुख समेत रहेकी तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।
तुम्बाहाङ्फेले आज कानून मन्त्रीको शपथ लिने बालुवाटार श्रोतले जनायो। उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्
