
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश तथा संघीय संसद्का सांसद्हरू त्रिदेशीय (नेपाल, भारत र चीन) को सिमाना कालापानी, लिपुलेकको अनुगमनमा निस्किएका छन् ।
दार्चुला महोत्सव उदघाटनका लागि आइतबार त्यहाँ पुगेका उपप्रधानमन्त्री पोखरेल सोमबार बिहान त्रिदेशी सीमाक्षेत्र कालापानी, लिपुलेक, टिंकर भञ्ज्याङको अनुगमनमा गएका हुन् ।
उनीसँगै प्रतिनिधिसभाका सांसद् गणेश ठगुन्ना, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सांसद् मानबहादुर धामी, गेल्बु सिंह बोहोरा, सुरक्षा निकायका अधिकारीलगायत सीमाक्षेत्र अनुगमनमा गएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले जानकारी दिए ।
File Photo
कमेन्ट गर्नुहोस्
