
पोखरा। थाइल्याण्डमा आयोजना हुने एसीसी ईस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल मलेसियासँग परेको हो ।
प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् ।
कमेन्ट गर्नुहोस्

