
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न जोहानेसें बीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा सोमबार शिष्टाचार भेट भएको हो । भेटमा राजदूत जोहानेसेंले भर्खरै निर्वाचित सभामुख सापकोटालाई शुभकामना व्यक्त गरेका थिए ।
भेटवार्ताका क्रममा राजदूत जोहानेसेंले दुबै देशको आर्थिक र सामाजिक विकासका लागि सहकार्य गर्न आपसी समझदारीमा अघि बढ्नुपर्ने बताए । भेटमा दुई देशबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।
कमेन्ट गर्नुहोस्
