गगन थापाले सुनाए संसदमा ‘स्वस्थानी कथा’

738
0
Share:

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले मंगलबार प्रतिनिधिसभाको बैठकमा स्वस्थानी ब्रत कथाको शैलीमा बालुवाटारको ललिता निवास जग्गा प्रकरणमाथि ब्यंग्य गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाउने निर्णय गरेकामा ब्यंग्य गरे । थापाले प्रधानमन्त्री, सञ्चारमन्त्री लगायत बालुवाटारको जग्गामा नाम जोडिएकाहरूलाई व्यंग्य गर्दै आफैँले तयार पारेको स्वस्थानीको पहिलो अध्याय सुनाएका हुन्।

थापाले भने ‘चोरीको सामान सकेसम्म लोकले थाहा नपाउने गरी किन्नू, थाहा पाए होइन होइन भन्नु र चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए चोरीको सामान फिर्ता गर्नू ।’

कमेन्ट गर्नुहोस्
Share: