
पोखरा। समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मातातीर्थको जग्गासम्बन्धी निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिशोध साधेर जनतामा भ्रम छरेको बताएका छन् ।
आफू प्रधानमन्त्री भएका २०६९ सालमा भएको नीतिगत निर्णयलाई अनावश्यकरुपमा उछालिएको डा. भट्टराईको दाबी छ ।प्रधानमन्त्री ओलीलाई मेन्सन गरि उनले ट्विट गरेका छन्।
प्रधानमन्त्री ओलीले गत शनिबारमा संसदमा सरकारले दुई वर्षमा गरेका कामबारे चर्चा गर्दा नेपाल ट्रस्टको जग्गा कानूनअनुसार नै भाडामा दिएको दाबी गरेका थिए । यती होल्डिङ्सको बचाउ गर्ने क्रममा उनले डा. भट्टराईको नाम उल्लेख नगरी मातातीर्थको जग्गाबारे कारवाही गर्ने चेतावनी दिएका थिए ।
कमेन्ट गर्नुहोस्
