बंगलादेशले नेपाललाई सइदपुर विमानस्थल प्रयोग गर्न दिने

662
0
Share:

काठमाडौं– बंगलादेशले नेपाललाई सइदपुर विमानस्थल प्रयोग गर्न दिने भएको छ ।

दुई मुलुकबीच व्यापार र कनेक्टिभिटी विस्तार गर्नका लागि बंगलादेशले नेपालको प्रस्ताव स्वीकार गरी यस्तो निर्णय गरेको बंगलादेशको यूएनबी समाचार संस्थाले जनाएको छ ।

बंगलादेश भ्रमणमा रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बंगलादेशी विदेशमन्त्री अब्दुल मोमेनबीच मंगलबार यस सम्झौतामा हस्ताक्षार भएको हो । यसबाट दुई मुलुलबीचको व्यापार, लगानी र कनेक्टिभिटी सुदृढ हुने अपेक्षा गरिएको छ । अब त्यस विमानस्थलबाट भरिने उडानको अध्ययनका लागि नेपालले टोली गठन गर्ने ।

बंगलादेशको राजधानी ढाकाबाट ३५० किलोमिटरको दुरीमा रहेको विमानस्थलको स्तरोन्नती भइरहेको र हाल ढाकाबाट हरेक दिन १२ देखि १४ वटासम्म उडान भइरहेका कारण नेपालबाट बंगलादेश आउनेहरुलाई ढाका पुग्न सहज हुने बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेनले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: