
काठमाण्डौ। भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा रहेका १७५ जनामै कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
गएको आइतबार बिहान चीनको हुबेइ प्रान्तका विभिन्न शहरबाट उद्धार गरी ल्याइएका नेपालीहरुको नाक र घाँटी भित्रको नमूना परीक्षण गर्दा कोभिड–१९ संक्रमण नरहेको पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले फागुन ४, ५ र ६ गते सघन रुपमा गरेको परीक्षणमा सबै नमूनामा कोभिड–१९ नेगेटिभ देखिएको हो ।
कमेन्ट गर्नुहोस्
