
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज (बिहीबार) देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।
बिहीबार देशभरिकै मौसम एकैछिन खुलिहाले पनि फेरि बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै राति देशभरिकै मौसम बदली रही केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
