आफुमाथि लगाइएको आरोप झुट रहेको सञ्चारमन्त्रीको जिकिर, ओली–प्रचण्ड छलफलमा

841
0
Share:
पोखरा। एक स्वीस कम्पनीसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा ७० करोड भन्दा बढी कमिसन आउँदा त्यसको ७० प्रतिशत आफूले पाउनु पर्ने भन्दै बार्गेनिङ्ग गरेको अभियोग सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि लागेको छ। कमिसनका लागि स्वीस कम्पनीका नेपाल एजेन्टसँग मन्त्री बाँस्कोटाले बार्गेनिङ्ग गरेको दाबी गर्दै अडियो टेप सार्वजनिक भएको छ।
तर बाँस्कोटाले आफूमाथि लगाइएको अभियोग निराधार रहेको प्रतिक्रिया जनाएका छन्। मन्त्री बाँस्कोटाले भनेका छन्, ‘यी सबै कुरा झुट हुन्। खास के हो आजै सर्वाजनिक गर्छु। मलाई विश्वास गरे हुन्छ।’
मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस प्रकरणबारे जानकारी गराउँदै प्रेस खरिद प्रक्रिया जी–टू–जी अर्थात दुई देशका सरकारबिचको सीधा सम्पर्कमा हुने भएकाले कमिसनको गुन्जायस नरहेको दाबी गर्दै आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएको निकटस्थ स्रोतले जानकारी दिएको छ ।
सञ्चारमन्त्री बाँस्कोटाले आफूमाथि लगाइएको आरोप झुट रहेको भन्दै त्यसविरुद्ध कानूनी उपचार खोज्ने तयारी गरिरहेको उनी निकट स्रोतले बताएको छ ।
सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड घूसको डिल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। यता नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्नु पर्ने माग गरेको छ ।
सत्य–तथ्य पत्ता लगाउनका लागि अनुसन्धान गर्नु पर्ने र सो अनुसन्धानको मार्ग प्रशस्त गर्नका लागि सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्नु पर्ने माग कांग्रेसले गरेको हो ।
कमेन्ट गर्नुहोस्
Share: