उकालो लाग्दै सुनको मूल्य, कति छ आज ?

Share:

काठमाडौं– नेपाली बजारमा सुन चाँदीको मूल्यले रेकर्ड कायम गरेको छ ।

विहीबार सुन तोलाको ७७ हजार ६ सय कायम भएको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य इतिहासमै सर्वाधिक भएको हो ।

आज छापावाल सुन प्रतितोला ७७ हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन ७६ हजार १ सय तथा तेजावी सुन ७६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: