सञ्चारमन्त्रीलाई तत्काल वर्खास्त गरेर निष्पक्ष छानविन गरियोस्- साझा पार्टी

416
0
Share:

काठमाडौं । साझा पार्टीले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटालाई तत्काल वर्खास्त गरेर निष्पक्ष छानविन गर्न माग गरेको छ ।

साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बिहीबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग सञ्चार मन्त्री बास्कोटालाई तत्काल वर्खास्त गरेर निष्पक्ष छानविन गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा आमजनताले विश्वास गरेका विशिष्ट व्यक्तित्वहरूको उच्चस्तरीय छानविन आयोग बनाएर २०४६ सालयताका सम्पूर्ण उच्चपदस्थ राजनीतिकर्मी र कर्मचारीहरूको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्न र दोषीलाई हदैसम्मको कारवाही गर्न पनि माग गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: