विन्ध्यवासिनी मन्दिरमा भक्तजनको घुईंचो (तस्बिरमा हेर्नुहोस्)

Share:

पोखरा । आज फागुन कृष्ण चतुर्दशी अर्थात् महाशिवरात्रि पर्व । आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ ।

पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रिको विशेष महत्व छ ।

आज भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाइ भजन–कीर्तनका साथ सोही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ ।

पोखराको विन्ध्यवासिनी मन्दिरमा पनि आज बिहान भक्तजनको घुईंचो देखिन्थ्यो । विन्ध्यवासिनी मन्दिर पोखरा शहरमा अवस्थित प्रसिद्ध मन्दिर हो। यो मन्दिरलाई पोखराका प्रख्यात पर्यटकिय स्थलमध्ये एक प्रमुख स्थलको रूपमा मानिन्छ।

पोखराको केदारेश्वर, गुप्तेश्वर, ताल बाराहीलगायतका मन्दिरमा आज भक्तजनको भीड लागेको छ ।

हेरौं बिगखबरकर्मी आरूष बरालले कैद गरेका तस्बिर::

कमेन्ट गर्नुहोस्
Share: