
पोखरा । एनएमबि बैंक लिमिटेडले पोखरामा वित्तीय साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । बैंकले बिहिबार आफना कर्मचारी र ग्राहकहरुको सहभागितामा पोखराका विभिन्न स्थानमा प्ले कार्डसहित सो कार्यक्रम सम्पन्न गरेको हो । उक्त अभियानमा पोखरावासीलाई बैंकसम्म पहुँच विस्तार गर्ने तथा वित्तीय सुधारका बिषयमा जनचेतना फैलाउने कार्य गरिएको बैंकले जनाएको छ ।
‘बचत गर्ने बानि बसालौं’, ‘तपाइको बचत हाम्रो सुरक्षा’, ‘बैकिङ्ग सुबिधाको प्रयोग गरौं’, ‘आजको बचत भोलीको समृद्धिको आधार’, ‘आजको लगानी भोलिको सुनौलो बिहानी’, ‘समस्या पूर्व सुचना दिएर आउँदैन त्यसैले समयमै तयार रहौं’, ‘अबैध वित्तीय कारोवार नगरौं’, ‘नोट सफा राखौँ केरमेट नगरौँ’ जस्ता जनचेतनामूलक प्ले कार्डसहित नगर परिक्रमा गरिएको थियो ।
बैंकको गण्डकी प्रदेश कार्यालय चिप्लेढुङ्गाबाट सुरु भएको उक्त र्याली न्युरोड, सभागृह, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, पालिखे चोक, नदीपुर, बगर, विन्ध्यवासिनी, भैरव टोल हुँदै पुनः चिप्लेढुङ्गामै पुगेर टुङ्गिएको थियो ।
उक्त अवसरमा बैंकको गण्डकी प्रदेशका प्रमुख गणेश पराजुलीले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यहरु गरिरहेकोे बताए । पोखरा महानगर र यसको आसपास क्षेत्रमा रहेका जनताहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि बैंकले यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने उनले उल्लेख गरे ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले एनएमबी बैंकले हाल देशभरि १६३ शाखा, १३१ एटीएमहरू, ५ एक्सटेन्सन काउन्टरहरू, ३००३ क्यूआर र ३५८ भन्दा बढी पोस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान प्राप्त गरेको छ ।
