
परासी । ६ महिनादेखि भारतमा बन्धक बनाइ राखिएका दुई नेपाली युवतीको उद्धार गरिएको छ ।
पश्चिम नवलपरासीस्थित सीमा प्रहरीचौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगन्ज जिल्लाको कम्ताबजारबाट उनीहरुलाई बिहीबार राति सकुशल उद्धार गरेको हो ।
आफ्ना छोरीलाई बन्धक बनाइ राखिएकाले ‘उद्धार गरिदिनू’ भन्ने युवतीकी आमाको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।
घटनाको थप अनुसन्धान पनि चलिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उद्धार गरिएका युवती नवलपरासीको बर्दघाटका एकै घरका दिदी–बहिनी हुन् ।
कमेन्ट गर्नुहोस्
