देशभरको मौसम बदली : आज दिनभर कस्तो रहला?

986
0
Share:

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको छ।

आज (शनिबार) दिउँसो पूर्वी पहाडी क्षेत्रका थोरै स्थान, पश्चिमी तथा मध्य पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यो प्रणाली बेलुकीदेखि कमजोर हुने भएकाले राति पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा नै हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: