हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस तथा फुड फेस्टिभल कार्यक्रम

Share:

पोखरा । पोखरा महानगरपालिका १२ माटेपानीमा रहेको हिल प्वाइन्ट मा.विको ३९ औ अभिभावक दिवस, पुरस्कार वितरण तथा फुड फेस्टिभल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घघाटन गर्दै पोखरा महानगरपालिका १२ का वडाअध्यक्ष राम वहादुर कार्कीले सेती पारीको उत्कृष्ट विद्यालयमा हिल प्वाइट स्कुल रहेको वताउदै आगामी दिनहरुमा पनि स्कुलले अझै प्रगती गर्दे जाने विश्वास व्यक्त गरे । कार्यक्रममा विद्यालयका प्राचार्य दिवाकर जैसीले विद्यालयको वार्षिक प्रतिवेदन तथा भावी रणनिति सुनाउदै विद्यालयले विगत केहि वर्ष देखि उत्कृष्ट नतिजा निकाली रहेको बताउदै विद्यालयले ब्यहवारीक शिक्षामा जोड दिएको बताए । कार्यक्रममा हिसान कास्कीका सल्लाहकार बाबुराम पन्त प्याब्शन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्मा समाजसेवी ऋषिराम लामिछाने लगाएतले विद्यालयको प्रगतीको कामना गरेका थिए ।

स्कुल व्यवस्थापन समितीका अध्यक्ष विजुली वहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षक गंगाराम पौडेलले स्वागत मन्तब्य राखेका थिए भने शिक्षक समीर मौराठीले सन्चालन गरेका थिए । कार्यक्रममा विद्यार्थीको तर्फ वाट स्वागत मन्तव्य सुदिन बगाले गरेका थिए । कार्यक्रममा गत वर्ष विभिन्न विदामा उत्कृष्ट विद्यार्थीहरु तथा विद्यालयका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार वितरण गरीएको थियो ।

हिल प्वाइन्ट मा.विमा मोफसलमा नै पहिलो चोटी फाइन आर्टको कक्षा सन्चालन गरेको छ । स्कुलमा साइन्स,व्यवस्थापन, होटल मैनेजमेण्ट विषयमा कक्षा सन्चालन भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: