कोरोना भाइरसका कारण चीन बाहिर मृत्यु हुनेको संख्या आठ पुग्यो

566
0
Share:

काठमाडौं । कोरोना भाइरस अर्थात कोभिड–नाइन्टिनको संक्रमणबाट इरानमा थप चार जनाको मृत्यु भए पछि चीन बाहिर मृत्यु हुनेको संख्या आठ पुगेको छ । यस अघि फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एक/एक जनाको मृत्यु भएको थियो ।

यस्तै, चीनमा २२ सय ३९ जनाको मृत्यु भएको छ भने ७५ हजार ५ सय ६७ जना संक्रमित भएका छन् । चीन बाहिर भने २६ मुलुकमा ११ सय ५२ जनामा संक्रमित भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: