ग्याल्पो ल्होसार : बराह वर्ष पूरा भई आजदेखि मुसा वर्ष शुरु

Share:

पोखरा । आज बौद्ध धर्मालम्बीहरुको मुख्य चाड ग्याल्पो ल्होसार । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदै छ। नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्बो ल्होसार मनाउन लागेका हुन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। आज तिब्बती पञ्चांगअनुसार बराह वर्ष पूरा भई सोमबारदेखि मुसा वर्ष सुरु हुँदैछ । ‘ग्याल्पो’ भनेको राजा हो। यो पर्व शासक वर्ग वा राजाहरूले मानेको इतिहास पनि पाइन्छ। ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको र समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको बताइन्छ ।

विशेष तिब्बतियन, शेर्पा तथा योल्मो समुदायले मनाउने यस पर्वमा घर आगनमा सफा गरिसकेपछि गुथुक नौ प्रकारका गेडागुडी जस्तै चना केराउ भटमास मुलाजौ चामल आँटा मकै आदि मिसाइ बनाएको परिकार भगवानलाइ अर्पण गरी आँफु पनि खाने पाहुनालाइ पनि खुवाउने गरिन्छ ।

विशेषगरी शेर्पा जातिले मनाउने गरेतापनि यो पर्व अन्य विभिन्न जात जातिहरुले पनि मनाउँदै आएको पाइन्छ । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।

कमेन्ट गर्नुहोस्
Share: