आजको मौसम : चट्याङसहित वर्षा र हिमपातको सम्भावना

Share:

पोखरा । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (सोमबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । दिउँसो देशका धेरैजसो पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्नेछ भने देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

राती पनि देशका मध्य तथा पूर्वी पहाडमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहने जनाइएको छ । राती मध्य तथा पूर्वी पहाडका केही ठाउँमा पानी पर्ने र बाँकी ठाउँमा आंशिकदेखि सामान्य बादल लाग्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: